अन्तराष्ट्रिय

प्यान्डोरा पेपर्स: विश्व नेताका गोप्य धन र साठगाँठको खुलासा

हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेताहरू, राजनितिज्ञहरू र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ।

ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट ७० मिलिअन पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ।

त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिएको छ।

उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए।

दस्तावेजमा के के छन्?

चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाउँछ।

अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन्।

आगामी हप्ता हुने चुनावको समाना गरिरहेका चेक प्रधानमन्त्री आन्द्रेज बाबीज दक्षिण फ्रान्समा १२ मिलिअन पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए।

सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो।

यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टनरन्याश्नल कन्सोर्टिअम अफ जनर्लिस्ट (आईसीआईजे) ६५० जना पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो।

बीबीसी पानोरोमाले गार्जियन र अरू सञ्चारमाध्यमसँग मिलेर ती १ करोड २० लाख दस्तावेज र फाइलहरूमा पहुँच पाएको थियो।

ती दस्तावेज ब्रिटिश भर्जिन आइल्याड्स, पानामा, बेलिज, साइप्रस, द युनाइटेड अरब एमिरेट्स, सिङ्गापुर र स्विटजरल्याण्डका वित्तीय सेवा कम्पनीबाट लिइएका थिए।

कतिपय व्यक्तिहरूले भ्रष्टाचार, सम्पत्ती शुद्धीकरणसम्बन्धी कसुर र विश्वव्यापी करछलीको आरोपको सामना गरिरहेका छन्।

तर एउटा सबैभन्दा ठूलो खुलासामा कसरी नाम चलेका र धनी व्यक्तिहरूले गोप्य रूपमा यूकेमा सम्पत्ति जोड्न कानुनी रूपमा नै कम्पनीहरू खडा गरिरहेका छन् भन्ने देखिन्छ।

यसले अफशोरमा सम्पत्तिको स्वामित्व रहेका व्यक्तिहरूको विवरण राख्न यूके सरकार विफल रहेको देखाउँछ।

यूकेमा सम्पत्ति जोड्ने कतिपय व्यक्तिले कालोधन लुकाएको हुन सक्ने चिन्ताका माझ यूकेले पटक पटक त्यस्ता व्यक्तिको विवरण राख्ने बताएको थियो।

आईसीआईजेले अहिलेको अनुसन्धानले ‘लुकाइएका धेरै कुरा खुल्दै जाने’ भन्दै यसको नाम ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको जनाएको छ। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button