खबर फटाफटप्रदेश

जंगलमा ३ गोठालालाई बाघले घेरेपछि

Thrill Factory
Rungta Group

नेपालगन्ज-बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका थिए ।

पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै उनीहरूले सोच्दै नसोचेको घटना भयो । सो घटनाले उनीहरूको होसहवास उड्यो ।

नउडोस् पनि किन, भैंसी र बाख्रा चराउन गएका उनीहरू बाघको घेराबन्दीमा परेका थिए । एउटा होइन, तीन÷तीनवटा बाघको घेराबन्दीमा परेपछि उनीहरू बाँच्नका लागि रूख चढे । रूख चढ्नुलाई नै उनीहरूले उत्तम उपाय ठाने ।

एकातिर उनीहरू रूखमै बसेर जीवनको भिख मागिरहेका थिए । अर्कातिर बाघ उनीहरूको सिकारका लागि कुरेर फेदमा बसिरहेको थियो । त्यहीबेला दुईवटा हात्तीलाई चराउन लगेका माउतेले यो कुराको जानकारी पाए । र, बाँके राष्ट्रिय निकुञ्जका यी दुई हात्तीको सहायतामा उनीहरू तीनै जनालाई उद्धार गरियो ।

बाघबाट जोगिन रूखमा चढेका उनीहरूलाई निकुञ्जका हात्तीले उद्धार गरेर घर पु¥याएको हो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उनीहरूको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिए ।

पछिल्ला केही दिनयता पूर्वपश्चिम राजमार्गसमेत पाटेबाघका कारण असुरक्षित भएको छ । बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको मध्यवर्ती क्षेत्रको गाभरमै गत २७ भदौमा पाटेबाघले भारतीय नागरिकलाई मारेको थियो । यस्तै, दुई वर्षअघि निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब महिना दिनको अन्तरमा पाटेबाघले दुई महिलाको ज्यान लिएको थियो ।

यी घटनाले त्रास बढिरहेको अवस्थामा शनिबार तीन गोठाला बाघको फन्दामा परेपछि यहाँका जनता त्रसित बनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button