No Image Headlineदेश

भारतबाट यो साता १० लाख डोज ‘कोभिसिल्ड’ खोप भित्रिने, दशैंअघि ३५ प्रतिशतलाई खोप

Thrill Factory
Rungta Group

दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाख डोजको पूरक खोप नेपाल ल्याउन लागिएको हो । यसअघिनै आयात गर्नुपर्ने कोभिसिल्ड भारतमामै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाललाई खोप दिएको थिएन ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपालमा चीनबाट आयातित भेरोसेल, भारतीय खोप कोभिसिल्ड र अमेरिकन खोप जोनसन एण्ड जोनसन प्रयोगमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंअघि ३५ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप रहेको उल्लेख गर्दै यो वर्षको अन्त्यसम्म सबै जनतालाई खोप उपलब्ध गराइसक्ने जानकारी दिए ।

उनका अनुसार उपत्यकामा ७५ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको छ । मन्त्री श्रेष्ठका अनुसार हालसम्म १ करोड ४१ लाख मात्रा खोप उपलब्त्र गराइसकिएको र दशैंसम्ममा १ करोड ६० लाख मात्रा खोप उपलब्ध गराउने योजना रहेको छ ।

मन्त्री श्रेष्ठले १४ हिमाली जिल्लाका सबै नागरिकलाई खोप लगाउने काम शुरू गरिएको जिकिर गर्दै तीन महिनाभित्र हिमाली जिल्लामा खोप लगाइसक्ने बताए । उनले दशैंलगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिँदै त्यसका लागि १ करोड खोप आउने सुनिश्चित भइसकेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button