स्वास्थ्य/जिवनशैली
यस्तो छ ओखर खानुका फाइदा
छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् ।
एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ ।
यसले आमबातलाई नाश गर्छ ।
उमेर पुगिसकेको नानीहरुको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले बिस्तारै त्यस्तो बानी हटेर जान्छ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट