No Image Headlineखबर फटाफटदेश

मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्दै, कोको बन्लान् त मन्त्री ?

Thrill Factory
Rungta Group

काठमाडौं-सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ ।

यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए ।

उनले भनेका थिए, ‘त्यसबारेमा कुनै छलफल भएन । भोलि आइबार बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’

शनिबारको बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो ।

माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button