No Image Headlineखबर फटाफटदेश

देशभरको मौसम बदली, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

Thrill Factory
Rungta Group

काठमाडौं- भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

यस्तै प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज (आइतबार) बिहान आगामी तीन दिनको मौसम विश्लेषण  गरी जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार बेलुकीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि (सोमबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

यसै गरी पर्सी (मंगलबार) केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button