अर्थप्रदेशमुख्य खबर

नाका खुल्दा सीमाक्षेत्रका होटेल व्यवसायीलाई राहत, बढ्ला त व्यवसाय ?

Thrill Factory
Rungta Group

वीरगञ्ज -डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ ।

यसअघि कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लगाइएको बन्दाबन्दीसँगै बन्द गरिएको भारतीय सीमानाका शुक्रवारबाट खोलिएको हो । नाका खुलेसँगै निजी सवारीको आवतजावतमा लगाइएको रोक हटेको छ ।

आर्थिक र सामाजिक दैनिकी सामान्य लयमा फर्किइसक्दा पनि सवारीसाधनमा रोक कायमै रहँदा असहज भएको थियो । यसबाट भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका सीमाक्षेत्रका होटेल र पर्यटन व्यवसाय बढी प्रभावित भएका थिए ।

सवारी आवागमन खुला भएसँगै राहत भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । मन्त्रिपरिषद्ले गत असोज ५ गते नै सीमानाका खोल्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण शुक्रवारदेखि सीमानाकाबाट यस्ता सवारीसाधन आउजाउ शुरू भएको हो ।

‘शनिवार वीरगञ्जमा भारतीय सवारीसाधनको आवागमन बाक्लिएको छ । होटेलका पार्किङमा पनि भारतीय नम्बरका साधन देखिएका छन्, अध्यक्ष पन्तले भने ।

सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी ओदश २०७८’ जारी गरेको छ । गृह र अर्थ मन्त्रालयले मातहतका स्थानीय निकायलाई नाका खोल्ने परिपत्र पठाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

व्यवसायीले बारम्बार ताकेता बढाएपछि नाका खोल्ने पत्र स्थानीय प्रशासन र भन्सारमा आएको थियो । गृह र अर्थ मन्त्रालयबाट आवश्यक मापदण्ड पालना गरी भारतीय गाडी भित्रिन दिने पत्र पठाएपछि भारतीय यात्रुवाहक गाडीलाई प्रवेश अनुमति दिइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

वीरगञ्जमा होटेल र पर्यटन व्यवसायीले नाकाबाट सवारी आवागमन खुलाउन पहल गर्दै आएका थिए । व्यवसायीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नाका खोल्न आग्रह गरेपछि मन्त्रिपरिषद्को निर्णय आएको थियो ।

मापदण्ड कार्यान्वयन गरेरै भए पनि सीमानाकाबाट निजी आवागमन खुला गरिएकाले अब सीमाक्षेत्रको होटेल र पर्यटन व्यवासायको पुनरुत्थान हुने दाबी वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको छ । आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button