खबर फटाफटदेश

ओलीले धोका दिएपछि हेडक्वाटरमा ‘बमबारी’ गरेँ : प्रचण्ड

Thrill Factory
Rungta Group

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको टिप्पणी गरेका छन् ।

शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग गरको बताए ।

उक्त समयमा मुलुककै प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै रहेको भन्दै देश दुर्घटनामा पर्न नदिन आफूले त्यस्तो कदम लिएको टिप्पणी गरे ।

प्रचण्डले ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि लगाए । उनले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुको बिकल्प नरहेको जिकिर गरे ।

उनले एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने र दोष माओवादीलाई लगाउने योजना बुनिएको भन्दै सतर्क रहनुपर्ने बताए ।

त्यस्तै प्रचण्डले देशको हिरो माओवादी नै भएको दावी गर्दै अब माओवादीको अगुवाइमा पूर्वमाओवादीको एकता प्रक्रिया सुरु गरिने बताए । एकताका लागि मोहन वैद्यलगायतका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button