No Image Headlineदेश

८६७ जना कोरोना संक्रमित थपिए, ११२३ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

काठमाडौं-पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५ हजार ५९८ नमूना पीसीआर परीक्षणमा ६५९ र २ हजार ६२१ नमूनाको एन्टिजेन परीक्षण गर्दा २०८ जना गरी कुल ८६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ पुगेको छ । शनिवार १ हजार १२३ जना निको भएसँगै हालसम्म ७ लाख ६७ हजार ८१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button