No Image Headlineअर्थ

२३ कम्पनीको र्आईपीओ पाइपलाइनमा : कहिलेदेखि हुन्छ बिक्री ?

Thrill Factory
Rungta Group

काठमाडौं- विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन९आईपीओ ० को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ ।

सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो ।

हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् ।

जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ ।

पछिल्लो समय न्यादी हाइड्रो पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले असोज २० गतेदेखि आईपीओ जारी गर्दैछ ।

नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button