खबर फटाफटदेशमुख्य खबर

सोमबारसम्म मौसम नसुध्रिने, देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना

Thrill Factory
Rungta Group

काठमाडौं – देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ।

शनिवार बाग्मती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालको मौसममा प्रत्यक्ष प्रभाव परेको छ।

शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना रहेको महाशाखाले बताएको छ।

आइतवार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार १८ असोज सोमवार पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button