खबर फटाफटप्रदेश

अपांगता भएकाहरु महानगरको उच्च प्राथामिकतामा- नगर प्रमुख सरावगी

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले अपांगता भएकाहरु महानगरपालिकाको उच्च प्राथामिकतामा रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा पर्सा बहिरा संघको ११ औं साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथि महनगर प्रमुख सरावगीले महानगरपालिकाले मानवतासँग जोडिएको अपांगता भएकाहरुको विषयमा स्थानीय सरकार गम्भीर रहेको बताए । उनीहरुको समग्र विकासको लागि महानगर सधैं अगाडि रहने प्रतिवद्धता व्यक्त गरे ।

पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अतिथि उपमेयर शान्ती कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य अजय साहलगायतकाको उपस्थिति रहेको थियो । बहिरा संघ स्थापना भएको ९ बर्षपछि महानगरपालिका प्रमुख सरावगीको तत्परताले विद्यालय स्थापना भएको विद्यालयका स्रोत शिक्षकले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button