अर्थखबर फटाफट

खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ

Thrill Factory
Rungta Group

काठमाडौ- न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।

निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button