अर्थ

विदेश भ्रमणमा जाने नेपालीले लैजाने विदेशी मुद्राको सीमा घट्यो

Thrill Factory
Rungta Group

सरकारले विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ।

बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै युरोपका विभिन्न मुलुकहरू, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा पाँच सय अमेरिकी डलर साथमा लैजान पाउने भएका छन्।

त्यस्तै, खाडी मुलुक मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २५० डलर र माथि उल्लेखित बाहेकका मुलुकको हकमा पाँच सय डलर साथमा लैजान पाउनेछन्।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिस्तरीय निर्णय अनुसार अध्यागनम कार्यविधि, २०६५ संशोधन गरेका हुन् । संशोधित प्रावधान कार्यान्वयन गर्न बिहीबार गृह मन्त्रालयले विभागलाई पत्राचार गरेको छ।

घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ।

यसअघि विदेश घुम्न जाने नेपालीले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था थियो। तर अब ‘क’ वर्गका बैंक (वाणिज्य) बैंकबाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था ल्याइएको गृहले जनाएको छ।

मुद्रा सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर आम्दानीकाे स्रोत खुलाउनु पर्नेछ। यसका लागि गृहले अध्यागमन कार्यविधिको दफा ३ (१)को उपदफा २ को खण्ड घ पछि घ (१) बुँदा थप गरेको छ।

उक्त बुँदामा ‘विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा भ्रमणमा जाने व्यक्ति स्वयं उपस्थित भई अनिवार्य रुपमा आयस्रोत खुलाउनु पर्नेछ,’ भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button