No Image Headlineखबर फटाफटदेश

काठमाडौंमा प्रशासनको आदेश गए रातिबाट लागू, सभासम्मेलन र जुलुस गर्न नपाइने

Thrill Factory
Rungta Group

काठमाडौं–सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने/नगराउने आदेश जारी गरेको हो ।

बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने यदी भौतिकरुपमै गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न पनि आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।

होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ ।

उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button