No Image Headlineखबर फटाफटदेश

मनसुन अझै केही दिन लम्बिने, अधिकांश स्थानमा वर्षा

Birgunj Metropolitan Notice

काठमाडौ-यो वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिए।

मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उनले बताए । अब ठूलो वर्षाको सम्भावना भने छैन ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ मा पनि मनसुन नबाहिरिने भएको हो ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने छैन । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना छ । भोलिको मौसम पनि यस्तै नै रहने मौसमविद् पौडेलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button