देशमुख्य खबर

एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ ।

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक गरि ६ हजारको सहभागिता रहने बताईएको छ ।

महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ ।

तेस्रो दिन असोज १७ गते समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पारेपछि प्रतिवेदन पास गरिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button