No Image Headlineखबर फटाफटदेश

काठमाडौँमा सभा जुलुस गर्न रोक, चाडपर्व आफ्नै परिवारभित्र मनाउन आग्रह

Thrill Factory
Rungta Group

काठमाडौ– काठमाडौँमा बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएका छन् ।

कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ । चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button