No Image Headlineदेश

१०७८ जना कोरोना संक्रमित थपिए, १२ जना कोरोना संक्रमितको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५५५ नमूना पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमूनाको एन्टिजेन परीक्षण गर्दा १८० जना गरी कुल १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ पुगेको छ । यसैगरी, बिहीवार ९११ जना निको भएसँगै हालसम्म ७ लाख ६५ हजार ७५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button