No Image Headlineदेश

सत्तारुढ गठबन्धनको बैठक आज पनि, पाउला त मन्त्रिपरिषद्ले निकास ?

Thrill Factory
Rungta Group

 

काठमाडौं- आज पनि सत्तारुढ गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक बन्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक डाकेका हुन्।

दलहरुबीच मन्त्रालयको संख्यामा सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्ने विषय टुंगो लागेको छैन । गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय राख्ने सहमति भइसकेको छ ।

जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत विहीबार, नभए शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाई मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाईले सरकारका कामकारवाही प्रभावकारी हुन सकिरहेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button