No Image Headlineप्रदेशविशेष

प्रदेश २ को सत्ता राजनीति : विश्वासको मत लिनुपर्ने बाध्यतामा मुख्यमन्त्री

प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान

जनकपुरधाम- प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ।

प्रदेश २ को सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभालाई प्रभावकारी बनाउनुपर्नेमा सदन छल्दैँ आफ्नो आयू लम्ब्याउने दाउमा लागेको आरोप लाग्न थालेपछि मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरेका हुन्।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन्।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भएको छ। संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।

२०७४ मा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच गठबन्धनमा राउत नेतृत्वमा सरकार बनेको थियो। पछि यी दुवै दल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो।

अहिले जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ। ९ भदौमा निर्वाचन आयोगले लोसपालाई वैधानिकता प्रदान गरेको थियो।

प्रदेशसभामा १०७ सदस्यीय मध्ये अहिले १०४ प्रदेश सांसद छन्। जसपाका ३९, कांग्रेस १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा (एमाले)का ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन्।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकार रहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button