No Image Headlineदेशमुख्य खबर

बालुवाटारमा देउवा-दाहाल वार्ता : किन पछाडि धकेलिँदै छ मन्त्रिपरिषद् विस्तार ?

Thrill Factory
Rungta Group

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । दाहालले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जनाइएको छ ।

माओवादीको स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । यसअघि मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिएको थियो ।

दलहरुले सरकारमा पठाउने सदस्य टुंगो लगाउन नसक्दा ढिलाई भइरहेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नै लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button