
काठमाडौं-बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।



यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा सामान्य रहेको महाशाखाको भनाइ छ ।



यस्तै हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।