No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : थपिनेभन्दा कोरोनामुक्त हुने धेरै

Thrill Factory
Rungta Group

काठमाडौ-विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ हजार ५५९ र भारत र रसियामा करिव उस्तै क्रमश २१ हजार ९०१ तथा २१ हजार ५५९ जना संक्रमितको पहिचान भएको हो । त्यसैगरी ब्राजिलमा १५ हजार ३९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ७ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै १ हजार ७७९, रुसमा ८५२, ब्राजिलमा ८१८ र भारतमा ३७५ जना रहेका छन् । यसैगरी टर्कीमा २३९ र बेलायतमा १६७ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिनेभन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । ४ लाख ८६ हजार १७० जना संक्रमणमुक्त भएको जनाइएको छ । जसमा अमेरिकामा ८४ हजार १५१, भारतमा २९ हजार ९००, ब्राजिलमा २२ हजार ५२ र बेलायतमा ३६ हजार २३९ जना निको भएका छन् ।यस्तै रुसमा १७ हजार र टर्कीमा ३० हजार वढी कोरानामुक्त भएका छन्।

कुल संक्रमित २३ करोड ३५ लाख ३ हजार ४९० जनामध्ये हालसम्म २१ करोड, २ लाख ८९ हजार २६८ जना कोरोनामुक्त भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४७ लाख ७७ हजार ६७६ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button