No Image Headlineदेश

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी अचानक किन आए नेपाल ?

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाल राजनीतिक अस्थिरता भएको बेला भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी काठमाडौं आइपुगेका छन् ।

उच्च सुरक्षा स्रोतका अनुसार विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने सहसचिव अनुराग श्रीवास्तव काठमाडौं आएका हुन् ।

नेपाल र भारतका संयुक्त परियोजनका बैठकमा सहभागी हुन काठमाडौ आएको बताइएपनि अहिलेसम्म कुनै कार्यक्रम तय भएको छैन । सुरक्षा अधिकारीहरुलाई समत जानकारी नदिइ काठमाडौ आएका श्रीवासतवलाई भारतीय दूतावासले आफ्नो अतिथि भन्दै दूतावास पुर्याएपछि मात्रै विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने कर्मचारी खुलेको थियो ।

परराष्ट्र मन्त्रालयले पनि अहिले कुनै कार्यक्रम नभएको तर प्रधानमन्त्री कार्यालयले कुनै कार्यक्रम बनाउनसक्ने संभावना रहेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि भारत भ्रमणको चाजोपाँचो मिलाउने प्रयास गरिहेका बेला उनी काठमाडौं आएका छन् ।

उनले सरकारी अधिकारी र सत्तारुढ दलका केही नेताहरुलाई भेट गर्ने उच्च सुरक्षा स्रोतको दावी छ । तीन दिनसम्म काठमाडौ रहने श्रीवास्तव काठमाडौ आएको जानकारी मंगलबार साँझ मात्रै सुरक्षा निकायलाई जानकारी गराइएको छ ।

‘उहाँ नेपाल–भारतका संयुक्त परियोजना सम्बन्धी बैठकमा सहभागी हुन काठमाडौ आउनु भएको हो अन्यथा केही होइन’, दूतावास स्रोतले भन्यो । दूतावास स्रोतका अनुसार भौतिक मन्त्रालयमा उनको कार्यक्रम रहेको छ ।

नेपालको तराई क्षेत्रमा कुल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडक (१४ वटा प्याकेज–ठेक्कामा विभाजित) को निर्माणमा भैरहेका छन् । यसअघि उनकै संयोजनमा नेपाल र भारतका अधिकारीबीच भर्चुअल बैठक भएको थियो । तर भौतिक मन्त्रालय यो विषयमा कुनै जानकारी दिएको छैन ।

१० महिना अघि अर्थात गत पुसमा भारतीय उच्च सुरक्षा टोलीसहित भारतीय विदेश विभागका अधिकारीहरु काठमाडौ आएका थिए । सुरक्षा निकाय स्रोतका अनुसार भारती सुरक्षा टोली त्यतिबेला पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिई काठमाडौ आएको थियो । त्यतिबेला भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आएको थियो ।

त्यतिबेला भारतको विदेश मामिला मन्त्रालयको बन्दोबस्ती तथा सम्पत्ति खरिद विभागका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा वरिष्ठ आर्किटेक्ट निधि आनन्द र कर्णेल विनय बहलको टोली काठमाडौं थियो । त्यतिबेला टोली वीरगञ्जस्थित महाबाणिज्य दूतावासका लागि जग्गा खरिद र भवन निर्माणको पूर्व तयारीका लागि आएको दाबी गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button