No Image Headlineदृष्टि/संवाद

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : आम अपेक्षा र चासो

प्रकाशकुमार उपाध्याय

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसले देशको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा कस्तो नीति लिन्छ भन्नेमा सबैको चासो छ । सत्ता सञ्चालन गरिरहेको र लोकतान्त्रिक लिगेसी बोकेको पार्टी हुनुका कारण कांग्रेसप्रति सबैका आँखा चनाखो हुनु अस्वाभाविक होइन ।

यो अवस्थामा कांग्रेसले समाजवादलाई आफ्नो आदर्श भनी रहदा सामाजिक, आर्थिक रूपान्तरण को ठोस कार्यक्रमसहित समाजवाद उन्मुख राष्ट्रको स्पष्ट मार्गचित्र कोर्नु पर्छ । समाजवादलाई केवल राजनीतिको आवरण बाट मात्र हेरिनु हुन्न।

कांग्रेस लोकतन्त्रको पर्याय हो भनिरहँदा यसमा आन्तरिक लोकतन्त्र पनि प्रवद्र्धन हुनु पर्दछ । कांग्रेसको महाधिवेशन को लागि वडा तहको अधिवेशन को अझै केहीजिल्लामा सुरसार नहुनु र पटकपटक महाधिवेशनको कार्यतालिका फेरबदल हुनु नेपाली कांग्रेस को इतिहास मै पहिलो घटना हो।

देशको लोकतान्त्रिक पार्टिभित्र यस प्रकारको कमीकमजोरी हुनुले पार्टीर्को लोकतान्त्रिक चरित्र र गौरवपूर्ण इतिहासलाई धुमिल बनाउँछ। हेक्का रहोस, यो अधिवेशन लाई लाखौंलाख लोकतन्त्रवादी शुभचिन्तक समर्थकले देश विदेशमा बसेर बडो सूक्ष्म ढंगले सुपरिवेक्षण गरिरहेका छन।

नेपाली कांग्रसको अन्य दलहरुसितको सम्बन्ध र सहकार्य कस्तो रहन्छ भन्नेमा पनि सचेत वर्गमा चासो छ । अगामी चुनावमा समेत गठबन्धनको निरन्तरता सम्बन्धमा कमरेड माधव नेपालको राजनीतिक दस्तावेज आएको छ।

परिस्थितिवस् वर्तमान सरकारको गठन एउटा संयोग मात्र हो । हिजो केपी ओली र प्रचण्डले सत्ता स्वार्थको लागि गरेको अपरिपक्व तथा अपवित्र गठबन्धनको दुर्दशाको मूल्य आज सिङ्गो राष्ट्रले व्यहोर्नु परेको अवस्था देख्दादेख्दै फेरि चुनाव जित्ने बैसाखीको रुपमा प्रयोग गरिने गठबन्धनको जालमा कांग्रेस पर्नु हुँदैन।

कांग्रेसले विगतमा यो गल्तीबाट पाठ सिकिसकेकै हुनुपर्छ। फेरि कांग्रेस कार्यकर्ताका लागि आफ्नो रूख र चार तारा नै प्यारो छ। आफ्नो सिद्धान्त, निष्ठा र रूख चिन्हसंग सौदावाजी गर्नु काँग्रेस को लागि महाभुल हुनेछ।

कथंकदाचित त्यस्तो गरिएमा आम कार्यकर्ताका लागि पनि स्वीकार्य हुने छैन। त्यस प्रकारको कुनै पनि सिद्धान्तविहीन, अपवित्र गठबन्धनको भविष्य पनि हुँदैन र त्यसले राष्ट्रलाई समेत कदापि भलो गर्दैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button