No Image Headlineखबर फटाफटप्रदेश
पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारले मार्यो छापा, पालिकाले किन दिएन प्रमाणित कागजात ?

वीरगञ्ज-अनियमितताको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले पर्साको कालिकामाई गाउँपालिकामा छापा मारेको छ ।



अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो । जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।



विकासे योजना, कर्मचारी भर्ना, सम्मान तथा धारा जडान कार्यक्रम, आइसोलेसन, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा उजुरी परेको अख्तियारले बताएको छ ।



अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए ।