खबर फटाफटदेश

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

Thrill Factory
Rungta Group

काठमाडौ-परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button