No Image Headlineदेश

११५८ जना कोरोना संक्रमित थपिँदा १३१८ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा विगत २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार सो अवभिमा ११ हजार ६७२ ओटा पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ओटा एन्टिजेन परीक्षण गर्दा २५४ गरी जम्मा१ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको भएको दर ९६ दशमलव ३ प्रतिशत रहेको छ ।

मंगलवार थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । नेपालमा हालसम्म ७ लाख ६३ हजार ७३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button