No Image Headlineदेशमुख्य खबर

कांग्रेस र नेकपा एसले टुङ्ग्याए मन्त्रीको नाम, माओवादी केन्द्र र जसपा अन्योलमै

Thrill Factory
Rungta Group

काठमाडौ– राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । देउवा प्रधानमन्त्री बनेको अढाई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।

मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोतले पुष्टि गरेको छ । माओवादी केन्द्र र जसपाले मन्त्री बन्ने नेताहरुको सूची नबुझाएकाले मन्त्रिपरिषद् विस्तार नहुने स्रोतले बतायो । सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको दाबी छ ।

सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।

तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।

उता नेकपा एसले पनि ५ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । थप एकजनाबारे भने निर्णय भइनसकेको नेकपा एसका एक नेताले जानकारी दिए । नेकपा एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रले मंगलबार मन्त्रीको टुंगो लगाउने भने पनि सोमबार लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । उता जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी काठमाडौँ बाहिर छन् । जसपाले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button