देशस्वास्थ्य/जिवनशैली

रेबिज: विश्वमा वर्षेनि १ लाखले गुमाउँछन् ज्यान

Thrill Factory
Rungta Group

काठमाडौं– रेबिजका कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ, जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।

इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या रेबिज लागेको जनावरसँगको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।

रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।

गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ ।

संक्रमित जनावारले टोक्दा र्‍याल ग्रन्थीमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज भएका जनावर अथवा कुकुर, चमेरा, बिरालो आदिले टोक्दा वास्ता नगर्नु र स्वास्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबिजको कारण नेपालमा वर्षेनि सैयौंको ज्यान जाने गरेको छ ।

घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रेबिजविरुद्धको खोप लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप तथा रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button