No Image Headlineखबर फटाफटदेश

१२८२ कोरोना संक्रमित थपिँदा १२६२ संक्रमणमुक्त, २४ घण्टामा ७ जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा विगत २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ८१ ओटा पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ ओटा एन्टिजेन परीक्षण गर्दा ३०७ गरी जम्मा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी सो अवधिमा १ हजार २६२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । उक्त अवधिमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ ।

नेपालमा हाल कोरोना संक्रमितको संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपालमा हाल ७ लाख ६२ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १८ हजार ८४८ जना रहेका छन् ।

अहिले देशभर संस्थागत आईसोलेशनमा १ हजार ३१३ जना रहेका छन् भने होम आईसोलेशनमा १७ हजार ५३५ जना रहेका छन् । ३८५ जना कोरोना संक्रमित आईसीयूमा उपचारत रहेका मध्ये १२५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

काठमाडौं उपत्यकामा सो अवधिमा ३९४ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी २८५ जना संक्रमित थपिएका छन् भने भक्तपुर जिल्लामा ४३ र ललितपुर जिल्लामा ६६ संक्रमित थपिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button