No Image Headlineदेश

विराटनगर उडेको बुद्ध एअरको जहाज काठमाडौंमा आकस्मिक अवतरण : के रहेछ कारण ?

Thrill Factory
Rungta Group

काठमाडौं- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान ‘आकस्मिक’ र सुरक्षित अतवरण भएको छ ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकी काठमाडौंतर्फ फर्किएको थियो । बुद्ध एयरको ९ एन एएनआई एटिआर विमान आकाशमा करिव १० फन्को लगाएर १०:२१ बजे त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।

दुई घण्टा आकाशमा होल्ड भएको विमानको इन्धनसमेत सकिन लागेपछि आवश्यक सबै आकस्मिक तयारी पूरा गरेर अवतरण गरिएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

क्याप्टेन एजी शेर्पाले उडाएको उक्त विमानमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमान ठिकठाकसँगै अवतरण भएपछि सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button