No Image Headlineअर्थ

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित, बैठक एक साताका लागि स्थगित

काठमाडौ–राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।

सोमबार बिहान बसेको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक यही असोज १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए ।

एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि वढाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button