No Image Headlineअर्थखबर फटाफट

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर बिक्रीमा, कहिलेसम्म भर्न पाइन्छ ?

Thrill Factory
Rungta Group

काठमाडौं बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमवार) देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कुल लागत १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७र७८ को अपस्किृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १२ दशमलव ५६ रुपेयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि शेयर दिइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button