अर्थखबर फटाफटप्रदेश

एनवाईईएफको स्थापना दिवसमा पर्यटनसम्बन्धी अन्तरक्रिया

Thrill Factory
Rungta Group

बारा-नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) को १८ औं स्थापना दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटनको सम्भावनासम्बन्धी अन्तरक्रिया गरिएको छ ।

एनवाईईएफ वीरगञ्जले पर्सा पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा बाराको आधाभारमा यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले पर्यटन प्रवद्र्धनमा युवा उद्यमीहरुको अग्रसरता उदाहरणीय भएको बताए ।

उनले प्रदेश २ को पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार सधैं तत्पर रहेको उल्लेख गरे । युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय गतिबिधि बढाउनुपर्ने र त्यसका लागि पूर्वाधारमा लगानीको आवश्यकता पर्ने बताए ।

ठूलो परिमाणमा आवश्यक लगानीका लागि निजीक्षेत्र तत्पर भएको भन्दै अग्रवालले त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने आग्रहसमेत गरे ।

प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सरकारले पर्यटन प्रवद्र्धनका लागि नीतिगत व्यवस्थापन गर्ने बताए । उनले पूर्वाधारमा निजीक्षेत्रको लगानीको आश्यकता औंल्याउँदै पर्सा निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै सम्भावनायुक्त रहेको दाबी गरे ।

कार्यक्रममा होटल व्यवसायी युवराज लामा, मोहन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ पर्यटन समितिका सहसंयोजक सञ्जय अग्रवाल, एनवाईईएफका सदस्य एवम् व्यवसायी विकाश ठाकुर, पत्रकार उपेन्द्र ठाकुरलगायतले पर्सा निकुञ्जमा पर्यटन विकासका लागि सरकार र निजीक्षेत्रबीच रचनात्मक समन्वय र सहकार्य चाहिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button