No Image Headlineखबर फटाफटदेश

महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने एमालेको तयारी

Thrill Factory
Rungta Group

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव) माथि समूहगत छलफल सकिएपछि आइतबार बस्ने गरी सकिएको थियो ।

आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button