यस्तो पनि

जापानी जुम्ल्याहा दिदीबहिनीको विश्व कीर्तिमान

Thrill Factory
Rungta Group

टोक्यो,(एजेन्सी) – गिनिज वल्र्ड रेकर्ड्सले दुईजना जापानी दिदीबहिनीलाई विश्वकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको प्रमाणपत्र प्रदान गरेको छ । तिनीहरूको उमेर १ सय ७ वर्ष र ३ सय दिन रहेको छ ।

उमेनो सुमियामा र कोयुमी कोदामाले यसअघि स्वर्गीय जापानी जुम्ल्याहा दिदीबहिनी किन नारिता र जिन कानीको कीर्तिमान तोड्न सफल भएका हुन् । निकै सामाजिक बताइएका उमेनो र कोयुमिको जन्म सन् १९१३ को ५ नोभेम्बरमा सोदोसिमा टापुमा भएको थियो ।

वृद्धवृद्धा दिवसलाई सम्मान प्रकट गर्ने उद्देश्यले सोमबार ती दिदी बहिनीलाई सो प्रमाणपत्र प्रदान गरिएको थियो । कोभिड १९ बाट जोगिनका लागि ती दुवै अहिले जापानका छुट्टाछुट्टै केयर होममा बसिरहेका छन् ।

यसअघि यसै विधामा कीर्तिमान राख्ने जानकै जुम्ल्याहा दिदी बहिनी किन र जिनको उमेर १ सय ७ वर्ष र १ सय ७५ दिन रहेको थियो ।

किनको सन् २०० को जनवरीमा तथा जिनको १ सय ८ वर्षको उमेरमा सन् २०२१ मा मृत्यु भएको थियो । जापानी भाषामा किन र जिनको अर्थ सुन र चाँदी हुन् ।

उमेनो र कोयुमिका परिवारले तिनीहरू आफू त्यत्रो उमेर पुगेकोमा ख्याल ठट्टा गरिरहने गरेको बताएको छ । उमेनोका चार र कोयुमिका तीन सन्तान रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button