No Image Headlineदेश

कोरोनाको उपचार सामग्रीका लागि छुट्याइएको आधा बजेट फ्रीज

Thrill Factory
Rungta Group

काठमाडौं-कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।

केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालमा कोभिड र अन्य रोगको उपचार गर्न सक्ने गरी पूर्वाधार विकास गर्न स्वास्थय मन्त्रालयले छुट्याएको ६ अर्ब ८१ करोड ८५ लाख बजेटमध्ये ८५ लाख बजेटमध्ये ३ अर्ब १३ करोड ४८ लाख फिर्ता भएको छ ।

महामारीमा अक्सिजन, भेन्टिलेटर र आइसीयू बेड नपाएर समूह समूहमा संक्रमितको ज्यान जान थालेपछि पूर्वाधार विकास गर्न सरकारमाथि दबाब परेको थियो ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयू पीआइसीयू, एचडियू खरिद गर्न स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकार गरेको थियो ।

सार्वजनिक खरिद ऐनमार्फत जाँदा ढिलाइ हुने भन्दै कोभिड १९ संकट व्यवस्थापन अध्यादेश ल्याएर सरकारले तोकेको स्पेसिफिकेसन र दरबमोजिम आधिकारिक विक्रेता वा अन्तराष्ट्रिय संस्थासँग सिधै खरिद गर्न सकिने व्यवस्था पनि गरेको थियो ।

महामारी मत्थर भएपछि सरकार र अस्पतालको चासो पनि सेलाएर गएको छ । जबकि आपत्कालीन अवस्था भएकाले अस्पताललाई ७ दिनको सूचना प्रकाशित गरेर छोटो प्रक्रियामार्फत खरिद गर्न भनिएको थियो ।

रकम निकासा गर्न सामान खरिद गरिराख्नु नपर्ने र सप्लायर्ससँग सम्झौताका आधारमा भुक्तानी दिने व्यवस्था थियो । तैपनि मन्त्रालय र अस्पतालबीच समन्वय नहुँदा पूर्वाधार थप गर्ने अवसर गुमेको छ । सरकारले दर र स्पेसिफिकेसन तोक्न नै ढिलाइ गरेकाले आफूहरु अलमलमा परेको सरकार र अस्पतालका अधिकारीहरुको भनाइ छ । कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button