अर्थ
सहुलियत कर्जाका लाभग्राही बढ्दै

काठमाडौं-बैंक तथा वित्तीय संस्थाबाट पाइने सहुलियत कर्जामा आकर्षण बढेको छ। ब्याज अनुदानमा दिइने सहुलियतपूर्ण कर्जा उपयोग गर्ने ऋणी लाख नाघेका छन्।



नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियत कर्जा लिएका छन्। ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीले प्राप्त गरेका छन्।



१० शीर्षकमा यस्तो कर्जा दिँदै आएकोमा बैंक तथा वित्तीय संस्थाबाट २०७८/०७९ को पहिलो महिनामा मात्रै महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ४ हजार ७ सय ७१ थपिएको छ। उक्त संख्यामा सहुलियत कर्जा लिने महिला थपिँदा साउनसम्म ६० हजार ३ सय २२ जना पुगेका छन्। उनीहरूले ५५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ सहुलियत ऋण लगेका छन्।


