अन्तराष्ट्रिय

अफगानिस्तानमा पुनः अंगभंग र मृत्युदण्ड शुरू हुने

काबुल,(एजेन्सी)- तालिवानको धार्मिक प्रहरीका पूर्व नाइकेले अफगानिस्तानमा मृत्युदण्ड र अंगभंग नै गर्नेजस्ता कडा सजाय पुनः कार्यान्वयनमा ल्याइने बताएका छन् ।

अहिले सम्पूर्ण कारागारका प्रमुख मुल्लाह नुरद्धिन तुरावीले एसोसिएटेड प्रेस न्युजलाई भनेका छन् – ‘अंग नै काट्ने सजाय सुरक्षा व्यवस्थाका लागि आवश्यक छ ।

तर, नब्बेको दशकमा जस्तो सार्वजनिक स्थलमा यी सजाय दिइने छैनन् । तर, विगतमा यसरी कडा सजाय सार्वजनिक स्थानमा दिइने गरेकोमा हामीलाई कुनै पछुतो पनि छैन । हाम्रो कानुन कस्तो हुनुपर्छ भनेर हामीलाई कसैले सिकाउनु पर्दैन ।’

अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले अफगान भूमि छाडेपछि गत १५ अगस्टमा सम्पूर्ण अफगानिस्तन कब्जा गरेदेखि तालिवानले विगतको भन्दा नरम तरिकाले शासन चलाउने प्रतिबद्धता जाहेर गर्दै आएको छ । तर, मुलुकभरिबाटै मानव अधिकार हनन् भएका थुप्रै खबर सार्वजनिक भइरहेका छन् ।

बिहीबार एउटा मानव अधिकार पहरेदार समूहले तालिवानले हेरातमा अनिवार्य पोशाक नियम र महिलाहरूको स्वतन्त्र विचरणमाथिको बन्देज विरुद्ध विरोध प्रदर्शनमा उत्रेका उच्च प्रतिष्ठित महिलाहरूको खोजी गरिरहेको चेतावनी दिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button