खबर फटाफटदेश

अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिँदैन : नेकपा एकीकृत समाजवादी

Thrill Factory
Rungta Group

काठमाडौ– नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसक्ने निर्णय गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय हित अनुकुल बनाएर मात्र एमसीसीका विषयमा अघि बढ्न सक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए ।

उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’

अब पार्टीले सरकारमा जाने कुरालाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button