खबर फटाफटप्रदेश

कौडा खेल्दै गरेका १७ जना पक्राउ

Thrill Factory
Rungta Group

झापा प्रहरीले झापाको दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा बुधबार १७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय हिमाल देवानको घर कम्पाउन्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला, कमल गाउँपालिकाका सुविन्द्र सुब्बा, मोहन बराल र सुनिल साह रहेका छन् ।

यसैगरी मोरङ ग्रामथान गाउँपालिका लक्ष्मी प्रसाद अधिकारी, नैन कुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत, गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनीहरुको साथबाट १६ थान कौडासहित ४ लाख २७ हजार ६ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button