No Image Headlineअर्थ

सीमानाकाबाट निजी सवारीसाधनको आवागमन खोल्ने प्रधानमन्त्रीको आश्वासन

Thrill Factory
Rungta Group

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने आश्वासन दिएका छन् । होटेल तथा पर्यटन ब्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसंग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटपछि प्रधानमन्त्री देउवाले सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका हुन्।

देशको कुल आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्याएको, हजारौंलाई रोजगारी प्रदान गरेको र अर्बौं रुपैयाँ लगानी भएको होटल तथा पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भएको भन्दै ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र आफूहरुले बुझाएको संघका अध्यक्ष हरि पन्तले बताए। तथ्यांकका अनुसार नेपालमा सबैभन्दा बढी आउने पर्यटक भारतीय नै हुन्।

सामान्यतया स्थलमार्ग भएर आउने ति भारतीय पर्यटकमाथि नेपालको दक्षिणी सीमाक्षेत्रमा रहेका सम्पूर्ण होटेल, रेष्टुरेन्ट र सबैखाले पर्यटकीय गन्तब्यहरु ७० देखि ८० प्रतिशत निर्भर रहेका छन्।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार २०७६ चैत ११ गतेदेखि बन्दाबन्दीसंगै सीमामा आवागमनमा समेत रोक लगाइएको थियो,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा उल्लेख गरिएको छ, ‘महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हाल आएर अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि सीमानाकाबाट भारतीय तथा तेस्रो मुलुकबाट आउने ‘कार्गो’ बाहेकका सवारी साधनहरुको आवागमनमा रोक भने डेढ वर्षदेखि कायमैं छ। यसले गर्दा भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटकहरु आउन छोडेका छन्।’

प्रतिनिधिमण्डलको अगुवाई गरेका काँग्रेस नेता एवं संविधानसभा सदस्य अनिल रूंगटाले भारतीय सवारी प्रवेश रोकको परिणामस्वरुप वीरगन्ज आसपासको क्षेत्रमा मात्रै रहेका २ सयभन्दा बढी होटलहरुले संचालन खर्च पनि धान्न गाह्रो भएको, त्यहाँ हजारौं संख्यामा रहेको रोजागरी पनि समाप्त हुने अवस्था आएको र अर्बौंको लगानी डुब्ने अवस्थामा पुगिसकेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button