No Image Headlineअन्तराष्ट्रिय

पछिल्लो दुई दिनमा विश्वभर कोरोना संक्रमित घटे, २४ घण्टामा ५ हजारको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौ–पछिल्लो दुई दिनमा विश्वभर कोरोना संक्रमितको संख्या केही घटेको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ९५५ जना संक्रमित थपिएका छन् । यसअघि दैनिक संक्रमितको संख्या आइतबार साढे ४ लाख र सोमबार ५ लाखको हाराहारीमा थियो ।

थपिनेमध्ये सबैभन्दा धेरै अमेरिकामा ३२ हजार ६३८, भारतमा ३० हजार ८०९, बेलायतमा २९ हजार ६१२, टर्कीमा २६ हजार ३९८ जना रहेका छन् । यसैगरी रुसमा २० हजार १७४ जना र ब्राजिलमा ९ हजार ४५८ संक्रमितको पहिचान भएको छ ।

यही अवधिमा ५ हजार ७०८ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्या रुसमा सबैभन्दा धेरै रहेको छ । त्यहाँ ७९३ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ३९१ जना, अमेरिकामा ३०९, भारतमा २९६, ब्राजिलमा २३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख नाघेको छ । कुल संक्रमित २२ करोड ९२ लाख ६० हजार ५६३ मध्ये हालसम्म् २० करोड ५८ लाख ७८ हजार मानिस निको भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button