No Image Headlineखबर फटाफटदेश

आज देशभरको मौसम : सामान्यदेखि भारी वर्षाको सम्भावना

Thrill Factory
Rungta Group

काठमाडौं– देशभर आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राती देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि गण्डकी र सुदूरपश्चिमका केही स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button