No Image Headlineदेश

जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ

काठमाडौ–संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनेमा केही गलत पात्र पनि रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका पितादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नि विभूषित भएकोतर्फ संकेत गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आपत्ति जनाएका हुन् ।

‘आज सातौँ संविधान दिवस मनाइरहँदा केहीले राष्ट्रपतिबाट घोषणा हुने मेडल पनि पाउनुहुने भएछ, यसैबाट थाहा हुन्छ हामी कता जादैछौं भन्ने,’ उनले भने, ‘जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतबाट विस्थापित गरेर परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित माननीय न्यायाधिसज्यूहरु र त्यो मुद्दावालाहरुले मेडल पाउने भएछन्। केपी ओलीको सरकारलाई हटाउन लागिपर्नेहरुले मेडल पाउनुभएछ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button