अन्तराष्ट्रिय
भारतमा थपिए २४ हजार ४७९ संक्रमित, ३४० संक्रमितको मृत्यु

काठमाडौ- भारतमा थप २४ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ ।



यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन् ।



यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।