अर्थखबर फटाफट

एक करोड पुगे फोर जी प्रयोगकर्ता , टेलिकमलाई उछिन्यो एनसेलले

काठमाडौं- फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो। नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन्।

यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ। प्राधिकरणको तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन्।

एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ। अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन्।

प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७/७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन्। टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button