No Image Headlineखबर फटाफटप्रदेश

नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो, २४ जना घाइते

Thrill Factory
Rungta Group

नवलपरासी- नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा अरु २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान नवलपुरको गैँडाकोट स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button